६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

रवि लामिछाने बचाउ संघर्ष समिति विघटन, अध्यक्ष सरोज घिमिरेद्धारा राजिनामा (विज्ञप्तिसहित)


२ भदौ, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका कारण बनेका न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछानेलाइ कारबाहीबाट जोगाउनका निम्ति भिड सिर्जना गरेर संघर्ष समिति बनाएका अध्यक्षले नै सोमबार अध्यक्ष पदबाट राजिनामा दिएका छन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ का स्थायी वासिन्दा सरोज घिमिरेले सोमबार एक विज्ञप्ति मार्फत संघर्ष समितिको आवरणमा गलत काम गर्नेहरूले मञ्च कब्जा गरेकाले भन्दै राजिनामा दिएका हुन ।

उनले गणतन्त्रविरूद्धका नारा उराल्नेदेखि हिंसात्मक समेत गतिबिधि हुन थालेपछि आफूले राजिनामाको बाटो समातेको घिमिरेले बताएका छन । उनको राजिनामासँगै स्थानीयको साथ लिएर रवि लामिछानेको नाममा हिंसा भड्काउन खोज्ने एउटा समिति बिघटन भएको छ । घिमिरेले छानविनलाइ नै प्रभावित पार्ने गतिबिधिहरू भएकाले आफूले संघर्ष समिति छाडेको पनि बताएका छन ।

(यसअघि समाचारमा सरोज हुनुपर्नेमा अन्यथा भएकाले क्षमाप्राथीसहित सच्चयाएका छाैँ-सम्पादक)

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार १९:३५