१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

वर्तमान सरकार पाँच वर्ष रहन्छः अध्यक्ष प्रचण्ड


२ भदाै, जनकपुरधाम । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफलीभूत पार्न क्रियाशील हुनेछ भन्नुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार १७:२४