१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेकपामा नयाँ वरियता : झलनाथ खनाल माधव नेपालभन्दा अगाडि


१ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नयाँ वरियता कायम भएको छ । पार्टी एकता गर्दा झलनाथ खनालले वरियतामा तल परेको भन्दै असन्तुष्टि व्यक्त गरेपछि त्यसलाई सच्याइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माधवकुमार नेपाल भन्दा झलनाथ खनाललाई वरियतामा अगाडी राखेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले झलनाथ खनाललाई वरियतामा माधव नेपाल भन्दा अगाडी राखिएको जानकारी दिनुभयो ।

‘नेकपामा वरिष्ठ नेताको वरियता क्रममा पनि हेरफेर गरिएको छ’, भने,‘वरिष्ठ नेता पहिलो मर्यादा क्रममा कमरेड झलनाथ खनाल र त्यसपछि कमरेड माधवकुमार नेपाललाई राखिएको छ ।’

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार २१:१८