८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आफूलाई मन परेको मान्छे अपराधि नहुने साेच्नु गलतः सांसद गहतराज


१ भदाै, काठमाडाैँ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु र रवि लामिछानेको गिरफ्तारको विषयमा शून्य समयमा नेकपाका सांसद महेश्वरजंग गहतराजले सुरक्षाविरुद्ध रहेको बताएका छन् ।  उनले आफूलाई मन परेको मान्छे अपराधि नहुने भन्ने बिषयले समाजलाई नकारात्मक दिशातर्फ लैजाने बताउँदै यस बारेमा सबैलाई गम्भीर हुन आग्रह गरे ।

गहतराजले लामिछानेको गिरफ्तारको बिषयलाई लिएर गैरकानुनी र अस्वभाविक कार्य भइरहेको भन्दै आपत्ती जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भए पनि अहिले यसलाई उल्लंघन गरेर शान्ति व्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १७:०१