४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

रवी लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडाशैनीको श्रीमतीले दिईन् किटानी जाहेरी


१ भदाै, काठमाडौं ।  रवी लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडाशैनीकी श्रीमती सम्झना घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छिन् ।  गएको साउन २० गते चितवन बसपार्कस्थित होटल कंगारुमा पत्रकार शालिकराम झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले मर्नुअघि आफुलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै भन्दै चर्चित संचारकर्मी रवी लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको नाम लिएर भिडियो रेकर्ड गरेका थिए ।

सो भिडियो सार्वजनिक भएपछी प्रहरीले अनुसन्धानका लागि तिनै जनालाई नियन्त्रणमा लिएको थियो । लामिछानेसहित तीन जनाविरुद्ध पीडित परिवारले आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएका छन् । मृतककी श्रीमती सम्झनाले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार जाहेरी दिन प्रहरी कार्यालय पुगेकी हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १५:५४