४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

भ्रष्टाचार नियन्त्रण भएको छः प्रधानमन्त्री ओली


१ साउन, काठमाडौँ । आइतबार संसदमा सम्बोधन गर्दै  प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण भएकाे बताएका छन् ।  सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्दै प्रधानमन्त्री ओलीले  सम्पत्ति सुद्धीकरण, ह्युमन ट्राफिकिङ लगायत जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए ।

प्रधानमन्त्री ओलीले ‘अख्तियारले भ्रष्टचार नियन्त्रणमा तदारुकता देखाउँदै आयोगले इतिहासमै सवैभन्दा धेरै मुद्धा ३९ हजार दर्ता गरेको र भ्रष्टाचार नियन्त्रण भएकाे बताए। नियन्त्रण भएको छ । उनले सार्वजनिक सम्पत्तिमाथिको संरक्षण गर्न सरकारले पहल गरिरहेको पनि बताए । उनले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोग गठनका लागि आयुक्त र प्रमुख आयुक्त सिफारिस गर्न सिफारिस समिति निर्माण गरिएको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १२:२३