१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आगामी निर्वाचनपछि म पदमा बस्दिन: प्रधानमन्त्री ओली


१ भदाै, काठमाडौँ । प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले भने आगामी निर्वाचनपछि मलाई बस्न मन छैन त्यसकारण निर्वाचनसम्म साथीहरुलाई धैर्यधारण गर्न आग्रह गर्छु,’ प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरेका छन् ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए । ‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन,’ प्रधानमन्त्रीको भनाई छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १२:०२