४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गरिन्छः मुख्यमन्त्री गुरुङ


२३ साउन, गाेरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्री गुरुङले अवैध क्रसर उद्योग, ढुङ्ङगा गिटी र बालुवा उत्खननको काम सञ्चालन हुन दिइने छैन भन्नुभयो ।

‘‘क्रसर उधोग वा ढुङगागिटी बालुवाको व्यवस्थापन, नियमन गर्ने र कानून बनाउने काम प्रदेश सरकारको हो’’, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “हामीले बनाएका मापदण्ड पनि कुनै ठाउँका लागि अव्यावहारिक भएको हुनसक्छ त्यसलाई संशोधन गर्ने अवस्था गरेर अगाडि बढ्ने कुरा होे त्यसलाई अझ व्यवस्थित गर्ने काम प्रदेश सरकारले गरिरहेको छ ।

अझैपनि प्रदेशभित्र धेरै ठाउँमा अवैध रुपमा ढुङ्गा गिटीको उत्खनन गर्ने र क्रसर सञ्चालन गर्ने काम भइरहेको पाइएको उहाँको भनाइ छ । गएको आर्थिक वर्षमा केही गञ्जागोल धेरै भएकाले नियमनका प्रक्रियामा कमी कमजोरी भएको भए पनि आगामी दिन अवैधानिक काम गर्न कसैलाई छुट नहुने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

स्थानीय सरकारका लागि थोरै भए पनि राजश्व आउछ भनेर प्रदेश सरकारले उत्खननको अनुमति दिएको भए पनि कतिपय ठाउँमा मापदण्ड विपरीत उत्खननको काम भएको पाइएको उहाँले भनाइ छ । “प्रदेश कानून बमोजिम स्थानीय तहले त्यसको सङ्कलन गर्ने राजश्व उठाउने भनिएको हो, जथाभावी उत्खनन हँुदा त्यसले दीर्घकालीन असर पुग्छ भन्ने कुरा नसोच्ने हो भन्ने अब ठाउँ नै किटान गर्नुपर्ने बेला समेत आउन सक्छ ।”

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार १८:४३