७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वरिष्ठ कलाकार शुभद्रा अधिकारीकाे निधन


३२ साउन, काठमाडाैँ । नेपाली चलचित्र जगतमा लामाे समय सम्म काम गरेर चलचित्र क्षेत्रमा याेगदान दिदै आउनु भएकी वरिष्ठ कलाकार शुभत्रा अधिकारीकाे निधन भएकाे छ । अभिनेत्री अधिकारीले हरेक चलचित्रमा आमाकाे भुमिका निभाउनु भएकाे थियाे ।

वरिष्ठ अभिनेत्री अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् ।

उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ११:५५