१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गंगामा हात धुनेकाे अराजकता र समर्थक भेडाहरुको कोलाहाल भोग्नुसः करिश्मा मानन्धर


३२ साउन, काठमाडाैँ । नेपाली सिनेजगतकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले राज्य संयन्त्रमा आपती जनाएकी छिन् । उनले सामाजिक संञ्जाल आफ्नाे फेसबुक पेजमा स्टाटस लेख्दै भनेकी छिन् राज्यले गर्नु पर्ने काम काज निजितवरबाट हुनु खतरनाक हुने जनाएकी छिन् । मानन्धर लेख्छिन् सबै काम निजि तवरबाटनै सम्भब भए नेपालमा किन संसद र संविधान चाहियाे ? हामी सबै नेपालीले एती धेरै तिराे तिरीरहेकै छाैँ ! सरकारले नैतिकता  नगुमाएकाे भए यस्ताे समस्या नआउने समेत मानन्धरले दाबी गरेकी छिन् ।

उनले पत्रकार सालिकराम पुडासैनीकाे आत्महत्या प्रकरण र पत्रकार रवि लामिछाने पक्राउ पछि भएकाे प्रदर्शनलाइ इंकित गर्दै लेख्छिन् गंगामा हात धुनेले आँट गरे त आज याे स्थिती आयाे । पहिलेनै भनेकाे थिएँ यस्ताे स्वतन्त्रताले अराजकता निम्त्याउँ छ । मानन्धरले आक्राेस पाेख्दै भनेकी छिन् सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ?  अब भोग्नुस ! भेडाहरु को कोलाहाल ! सत्य तितो हुन्छ |

मानन्धरकाे स्टाटस जस्ताकाे तस्तैः

राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ !नत्र किन चाहियो Parliament , Constitution , राज्य समयन्त्र ? येत्रो तिरो तिरी रहेको छौ । तपाईंहरुले नैतिकता न गुमाएको भये यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । पहिल्यै भनेको थिए येस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस ! भेडाहरु को कोलाहाल ! सत्य तितो हुन्छ |

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार १३:२२