११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

कतारकाे दोहामा नेपालीमाथि सांघातिक आक्रमण, १ जनाको मृत्यु, ५ घाइते


२९ साउन, काठमाडौँ । कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण भएको छ । दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा परी १ सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।


मृतक अन्सारीको शव हमाद अस्पतालमा रहेको पनि दूतावासले जनाएको छ । घाइतेहरुको हमाद अस्पतालमा उपचार भइरहेको दुतावासले जनाएकाे छ । घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्य घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् । नेपाली दूतावासले भीडभाड नजान समेत कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार २१:१२