Logo

नेकपा सचिवालय बैठक आज पनि स्थगित



२९ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्कुल विभागको नेतृत्व टुंग्याउन सकस भएकाले स्थगित भएको छ। नेकपाका दुई अध्यक्षले छुट्टै र अन्य नेताहरु पटकपटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेका छैनन्। उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली ९ दिनपछि स्वदेश फर्केर भेटघाट तिब्र पारेका छन्।

 साउन १३ गतेको बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको थियो। ‘केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताहरु सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी आजको बैठक स्थगित भएको  बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १५:१३
प्रतिक्रिया दिनुहोस्