१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

२९ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन मनाउन मुख्यमन्त्री लालबाबु राउतले सबैसँग अनुरोध गरेका छन् । प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १२:२१