६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

भक्तपुरकाे सूर्यविनायकमा ८ हजार गाँजाको बोट नष्ट


२९ साउन, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताउनुभयो ।


स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि खुला ठाउँ, चौर र पाखामा लहलह गर्दै झुलेका हजारौँ बोट गाँजा फडानी गरी नष्ट गरेको हो । गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको उहाँले बताउनुभयो ।

गत आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुन्डु नयाँबस्तीमा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०८:२३