Logo

नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशी चढेको स्कार्पियाेले ठक्कर दिँदा एकको मृत्यु



२८ साउन, राैतहट ।  जिल्लाको राजपुर नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार पलुवाचैनपुर कुमरार टोलीका ६० वर्षीय विन्देश्वर दास रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बौद्धिमाई नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशीले चढेको बीआर०३२ पीए १५४१ भारतीय नम्बरको स्कारपियाले ठोकिँदा दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीका चालक गौर नगरपालिका–४ टिकौलियाका राकेश सहनीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १७:३५
प्रतिक्रिया दिनुहोस्