१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बालिका बलात्कार गर्ने समिर अख्तर पक्राउ


२८ साउन, सप्तरी । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराउनुभएको थियो ।

बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो । आरोपितहरुले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर फरार भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १६:३२