१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट घर फिर्ता


२७ साउन, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । ‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा सङ्क्रमण देखिँदा गत सोमबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता सिंहको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ हुनुभएको उहाँका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।

नेता सिंहलाई डा मिमि गिरी नेतृत्वको टोलीले उपचार गरेको थियो । नेता सिंहलाई अझै केही दिन घरमा बसेर आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । घर फर्कने क्रममा नेता सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सकको टोली, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यमा चासो राख्ने सम्पूर्ण शुभेच्छुकप्रति आभारसमेत प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार २०:००