Logo

राष्ट्रपतिसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे



२७ साउन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एक आवासीयसहित तीन गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहोदाका प्रमाणपत्र बुझाउनेमा नेपालका लागि रुसका आवासीय राजदूत अलेक्सी ए नोभिकोभ तथा गैरआवासीय राजदूत लक्जम्बर्गका जँ क्लाउड कुगेनर, गणतन्त्र लिथुआनियाका युलियस प्रनेभिएस र कुवेतका जसेम इब्राहिम जेएम अल्नाजेम हुनुहुन्थ्यो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १९:५४
प्रतिक्रिया दिनुहोस्