१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पौडी खेल्ने क्रममा समुद्रको छालमा परी ललितबहादुर लिम्बुको मृत्यु


२२ साउन, कतार । बैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि कतारमा कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी निधन भएको छ । लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहनुभएको थियो ।

उहाँको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १८:३७