६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सामुदायिक शिक्षाको सुधार नै पहिलो प्राथमिकताः मन्त्री पोखरेल


२५ साउन, काठमाडाैँ । शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री गिरिराजमाणि पोखरेलले नेपालको शिक्षालाई प्रभावकारी बनाउने हो भने सामुदायिक शिक्षालाई सरल र प्रभावकारी बनाउनु अपरिहार्य रहेको बताएका छन् । काठमाडौंको डल्लुस्थीत गितामाता सामुदायिक बिद्यालयको भवन उद्घाटन तथा बिद्यालयलाई हस्तानतरण गर्दै मन्त्री पोखरेलले संघीयता कार्यान्वयन संगसंगै यसको स्वामित्व स्थानीय सरकारले लिएपछि सामुदायिक शिक्षामा सुधार आउने अपेक्षा गरिएको बताएका हुन ।

करिब ७१ प्रतिशत बालबालिका सामुदायिक बिद्यालयमा अध्यायन गर्ने गरेको भन्दै अहिलेपनि बिद्यार्थी र अभिभावकहरुको पहिलो रोजाई भने सामुदायिक स्कुल बन्ने गरेका छैनन्। त्यसको सुधारका लागि सामुदायिक बिद्यालयले गुणात्मक शिक्षामा जोड दिनुपर्ने उनले बताए । उनका अनुसार अब सिकाई केेिन्द्रत पठनपाठन हुनुपर्ने भन्दै मुलुकमा राजनीतिक रुपमा ठुला परिवर्तन भएता पनि शिक्षा र सिकाईको क्षेत्रमा धेरै परिवर्तन हुन नसकेको बताए ।

अब शैक्षिक क्षेत्रको सुधारका लागि सबैको सकृय भुमिका आवश्यक देखिएको भन्दै शिक्षक, अभिभावक तथा शिक्षक महासंघ लगायतले यसतर्फ ध्यान दिनुपर्ने बताए । नेपालको परिवर्तनमा शिक्षकहरुको ठुलो भुमिका रहेको भन्दै उनले अब फेरी शिक्षा क्षेत्रको सुधारका लागि पनि शिक्षकहरुले प्रभावकारी भुमिका नर्विाह गर्नु आवश्यक रहेको औल्याए । उनले शिक्षा कस्तो छ भन्ने कुरा शिक्षक कस्तो छ भनेर निर्धारण हुने भन्दै परम्परागत शैक्षिक प्रणलीले अब शिक्षाको स्तर नबढ्ने बताए ।

भुकम्पका कारण २०७२ सालमा क्ष्यतिग्रस्त भवनको स्थानमा राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणको समन्वयमा एसियाली बिकास बैंकको सहयोगमा करिब चार करोड लागतमा बनेको २४ कोठे चार तल्ले भवनको एक समारोहकाबीच मन्त्री पोखरेलले आज उद्घाटन तथा बिद्यालयलाई हस्तान्तरण गरेका हुन ।

यसअवसरमा उनले भुकम्पका कारण क्ष्यतिग्रस्त अझै दुुई हजार भन्दा बढि बिद्यालयहरुको भवन बनाउन नसकिएको जानकारी गराउदै पक्की भवन बनेपछि गुणस्तरिय शिक्षामा जोड दिन बिद्यालयलाई आग्रह पनि गरे । कार्यक्रममा काठमाडौ क्षेत्रनम्वर ७ का सांसद जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, प्रदेश सांसद लगायतले सामुदायिक शिक्षाको सुधार नै अबको पहिलो प्राथमिकतामा रहनुुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार १४:४३