४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

भारतको आक्रामक कदमले दक्षिण एसियालाई नै खतराः चीन


२५ साउन, काठमाडाैँ । चिनियाँ विदेश मन्त्री वाङ यीले भारतको आक्रामक कदमले दक्षिण एसियालाई नै खतरा परेको बताएका छन । भारत प्रशासित कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जाको संवैधानिक प्रावधान धारा ३७० हटाएको विरोधमा चीनले कडा अापत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्री वाङ यीले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीसँगको भेटमा बेइजिङमा उनले भारतको आक्रामक कदमले दक्षिण एसियालाई नै खतरामा पारेको चीनको धारणा रहेको बताएका हुन ।

पाकिस्तानी विदेश मन्त्री कुरैशीले चिनियाँ समकक्षीसँगको घेटघाटपछि  कुरैशीले चिनियाँ समकक्षीसँगको भेटघाटको तस्बिर सार्वजनिक गर्दै ३ वटा ट्वीट गरेका छन् । पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले पहिलो ट्वीटमा लेखेका छन्, ‘आज मैले चीनका विदेश मन्त्री वाङ यी तथा अन्य अधिकारीका साथ निर्णायक छलफल गरेँ । पाकिस्तान र चीनबीचमा भाइचाराको सम्बन्ध रहेको छ । चीनले आज पाकिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

भारतले लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको चीन पनि रिसाएको छ । चीनले यसअघि नै आफ्नो असन्तुष्टि भारतसामु राखिसकेको छ । भारतको कदमको पाकिस्तानले लगातार आवाज उठाइरहेको छ । भारतको पछिल्लो कदमको पाकिस्तानले आलोचना गर्दै आएको छ । पाकिस्तानले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने भरमग्दुर प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ०९:०२