१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वकप क्रिकेट छनोटका लागि १५ सदस्यी नेपाली टोलीको घोषणा


७ फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । मार्च १ देखि १५ सम्म जिम्बाब्बेमा विश्वकप छनोट खेल हुँदैछ । नेपाल समूह ‘बी’ मा परेकोे छ । समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १०:१७