१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पर्यटनमन्त्री भट्टराईलाई नाट्टाको १२ बुँदे सुझाव, पर्यटन क्षेत्र सुधारका लागि यस्ता छन बुँदा


२० साउन, काठमाडाैँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई १२ बुँदे सुझाव दिएको छ । सोमबार बिहान मन्त्रालयमा नाट्टाको टोलीले मन्त्री भट्टराईलाई भेटी १२ बुँदे सुझावपत्र हस्तान्तरण गरेको छ । पूर्व अध्यक्ष मञ्चका पदाधिकारी समेतसँगै राखेर नाट्टा अध्यक्ष सिएन पाण्डेले समस्त पर्यटन क्षेत्र मन्त्री भट्टराईको दूरदृष्टि र कुशल नेतृत्वमा अझ सबल र सृदिढ हुँदै जाने विश्वास व्यक्त गरे । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपाल वायुसेवा निगमलाई बिलयो बनाउनुपर्ने बताए ।

नाट्टाले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढीरहेको भन्दै त्यसको कमीका लागि २४ घण्टा विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रीलाई सुझाव दिएको छ । नाट्टले पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोश्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता ज्यादै टड्कारो रुपमा देखिएकाले बाराको निजगढ विमनस्थलको निर्माण कार्य यथाशिघ्र शुरु गर्नुपर्ने सुझाएको छ । त्यसैगरि निर्माणाधिन पोखरा र भैरहवा विमानस्थललाई पनि बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा समयमै निर्माण सम्पन्न गरि यथासक्न संचालनमा ल्याउन अनुरोध गरेको छ ।

नाट्टाले काठमाण्डौँबाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा पर्यटन क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको र पर्यटकहरुमा पनि मुलुकको छविप्रति नकारात्मकता बढ्दै गएको अनुभव बाँड्दै काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरि टुरिस्ट बस टर्मिनलको निर्माण गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । नाट्टाले अध्यागमन सेवामा कार्यरत अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको हुनु पर्ने जरूरी रहेको जनएको छ । सुझाव पत्र नाट्टाका महासचिव रमेश थापाले बाचन गरेका थिए ।

मन्त्रीलाई हस्तान्तरण गरेको सुझाव तल हेर्नसक्नुहुन्छ

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार १६:१७