१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नुवाकोटकी ११६ वर्षीय बाटुली लामिछानेलाई मासिक ५ हजार प्रदान गर्ने सांसद मैनालीको घोषणा


१९ साउन, काठमाडाैँ । नेकपाका नेता एवं प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद बद्री मैनालीले समाजसेवामा अब्बलता प्रस्तुत गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका जनताको सानो समस्यामा समेतसँगै हुने मैनालीले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ख का जनताको मन नेता र समाजसेवी दुबैको रूपमा जितिरहनुभएको छ । उहाँले पछिल्लो पटक विश्वकै सबैभन्दा धेरै उमेरकी लिखु गाउँपालिका साविकको थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछानेलाइ मासिक ५ हजार रूपैयाँ दिन सुरू गर्नुभएको छ । उहाँले तलब काटेर ५ हजार दिन सुरू गर्नुभएको हो ।

१६ वर्ष चार महिनाकी लामिछानेलाइ आफू पदमा बाहल रहँदासम्म मासिक रूपमा ५ हजार रूपैयाँ दिने निर्णय लिएको मैनालीले बताउनुभयाे । उहाँले जेष्ट नागरिक हाम्रो समाजका एेना भएको भन्दै उनीहरूको संरक्षणमा राज्यले नै ध्यान दिएको भए पनि बाटुली जेष्ठको पनि जेष्ठ नागरिक भएकाले मासिक ५ हजार दिने निर्णय गरेको बताउनुभयाे । २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकता लिएकी बाटुलीको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख रहेको छ ।

अझै हट्टाकट्टा रहेकी बाटुली लामिछाने बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै अाउनु भएको छ ।  उहाँको दैनिकी देख्नेहरुले ११६ वर्ष चार महिनाको उमेर पत्याउनै मुस्किल हुने गरेको छ । अझै बोली प्रष्ट रहेको उहाँलाई कुनै ठूलो रोग नरहेको छोरा नेत्रप्रसाद लामिछाने बताउँनुहुन्छ ।  ‘आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छ’ नेत्रप्रसादले भन्नुभयो । उहाँका अनुसार अझै बाटुलीले दैनिकजसो घाँससमेत काट्ने गर्नुहुन्छ ।  सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मनुभएकी बाटुली विवाह गरेर नुवाकोट पुग्नु भएको हो । उहाँका र सन्तानमध्ये अहिले कान्छो छोरामात्रै जीवित हुनुहुन्छ । दुई छोरी र एक छोराको निधन भइसकेको छ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार २२:२७