७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काभ्रेमा विमानस्थल बनाउन छाडेर नेपाल भ्रमण वर्षमा ध्यान दिन मन्त्री भट्टराईलाई सांसदकाे सुझाव


१९ साउन, काठमाडाैँ । काभ्रेमा विमानस्थल बनाउन छाडेर नेपाल भ्रमण वर्षमा ध्यान दिन नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सांसदले सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईसँग गरेकाे छलफलमा साे सुझाव दिएका हुन् । समितिले मन्त्री भट्टराईसँग विभिन्न विमानस्थलको अवस्था र नेपाल भ्रमण वर्ष २०२० को बारेमा छलफल गरेको थियाे ।

सांसदहरुले नेपाल भ्रमण वर्ष २०२० सुरु हुन पाँच महिना मात्रै बाँकी रहेकाले प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन् । बैठकमा नेकपाका नेता तथा सांसद माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा कार्यक्रम बनाउनुपर्ने बताए । उनले विश्वभर १ खर्ब नागरिकले हिन्दू धर्म मान्ने गरेको र नेपालले कम्तिमा १ करोड हिन्दू धर्मावलम्बीलाई आकर्षण गर्न सक्नुपर्ने समेत बताए ।

नेता नेपालले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति पनि तत्कालै हटाउनुपर्ने बताए । नेपाल वायुसेवा निगमका वाइडबडी जहाजलाई लामा र ठूला गन्तव्यमा उडाउन पनि उनले माग गरे ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १५:०५