६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

संसदको पहिलो अधिवेशन फागुन २१ गतेका लागि आह्वान


७ फागुन, काठमाडौं । संघीय संसदको अधिवेशन फागुन २१ का लागि आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् । संघीय संसदको बैठक भाडाको अन्तर्राष्ट्रिय केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भनिएको छ । हिजो सरकारले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार ०९:५९