१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१३ औंँ सागको तयारीका लागि संसदीय उपसमिति गठन


१९ साउन, काठमाडाैँ । १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ । आइतबार सिंंहदरबारमा बसेको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् । उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद मरासिनी रहेका छन् । खेलकुद प्रतियोगिता आउँदाे मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आईतवार १२:३८