१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

आईसीसी टी–२० वरियतामा नेपाल ११ औँ स्थानमा यथावत, एक दिवसीय वरियतामा १५ औँ स्थानमा


१८ साउन, काठमाडाैँ । नेपालको आईसीसी वरियता यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको  नयाँ टी–२० वरीयतामा नेपालको अवस्था स्थिर रहेको छ । जारी वरियता अनुसार नेपाल ११ औं स्थानमा यथावत रहेको छ । नेपालले १४ टी–२० बाट २०१ रेटिङ निकाल्दै ११ औं स्थानमा यथावत रहेकाे हाे ।

नेपालले जुलाई महिनामा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो । टी– २० वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । त्यस्तै दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका चौँथोमा अष्ट्रेलिया, पाँचौमा भारत रहेका छन । एक दिवसीय वरीयतामा पनि नेपाल १५औंँ स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार २२:३३