Logo

चारै सन्तान अपाङ्गता भएका लक्ष्मण भन्छन “घर आँगन सरकार आइपुग्यो”



१६ साउन, इटहरी । इटहरी, इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एउटा घर,एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन । १४ देखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोहि पनि आँखा देख्न सक्दैनन । कान्छोछोरो वाहेक कोहि पनि वोल्न समेत सक्दैनन । उठेर हिडन त परै जाओस,वस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छोछोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ ।

यहि परिवारका लागि इटहरी उपमहानगरले एकलाख सहयोग गर्ने भएको छ । यो जानकारी दिन उपप्रमुख लक्ष्मी गौतम तामाङ्ग परिवारको घरमै पुग्नुभयो । उपमेयर गौतमका अनुसार यसबर्षको वजेटमै उनीहरुको लालनपालनका लागि भनेर एकलाख वजेट ब्यवस्था गरेका छौ,अर्को बर्ष वढाउने छौ ।

त्यसको करिव २० दिनअघिमात्र इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सहित सामाजिक विकास महाशाखाको टोली इटहरी २ स्थित लक्ष्मण तामाडको घर पुगेको थियो । टोलीले लक्ष्मण तामागकी जेठी छोरी अस्मिता,जेठो छोरा सरोज,कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांगता भएको रातोकार्ड वितरण गरेको थियो ।

इटहरी सरकारको यस्तो सहयोग पाएपछि वुवा लक्ष्मण तामाङ्ग भन्नुहुन्छ — सरकार घरदैलोमै आएको महशुष भयो । रातोकार्ड पाएपछि मासिक तीनहजार रकम पाउने प्रावधान छ । एकैपरिवारका चारै जना सन्तानको त्यो अवस्था देखेर उपमेयर गौतमले उपमहानगरले मिल्ले र सक्ने सम्म सहयोग गर्ने वताउनुभयो । उहाँले यो घरलाई मन्दिर सम्झेर सहयोग गर्न सवैपक्ष सँग आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो “एकै परिवारको यस्तो अवस्था विरलैको हुन्छ यि सन्तानलाई भगवान सम्झेर सहयोग गरौ ।”

१४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन,वोल्न सक्दैनन,जीउ लल्याकलुलुक छ उठेर वस्न सक्दैनन । दिशा पिसाव पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने,धुवाउने,खुवाउने,सरफाईमा तामाग दम्पति अहोरात्र खटनुपर्छ । आमा जसमाया भन्नुहुन्छ “रातभर सुत्न पनि पाइदैन,पालो पालो रेखदेख गर्छौ । मेरो अरु केहि काम छैन यिनै छोराछोरीलाई भगवान ठानेर स्याहार सुसार गरिरहेकी छु ।” वुवा लक्ष्मण सेवा निवृत नेपाली सेना हुनुहुन्छ । उहाँको पेन्सनवाट आउने रकम वाट जेनतेन परिवार धानिरहनुभएको छ । उहाँ भन्नुहुन्छ यो भन्दा गाहो के हुन्छ होला र ?

वुवा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन ।त्यसपछि विस्तारै आँखा देख्न छाडिन,एक बर्षमा पुरै आँखा नदेख्ने भयो,त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो,केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उहाँलाई लागेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार २२:४१
प्रतिक्रिया दिनुहोस्