६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

योगेश भट्टराईलाई पर्यटनमन्त्रीको रूपमा विष्णु रिमालको शुभकामना, तर नाम लिएनन्


१५ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता योगेश भट्टराइलाइ संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा नियुक्त गरेपछि शुभकामना र बधाइको ओइरो लागेको छ । योगेश मन्त्री हुने समाचार बाहिरिएपछि हजारौँ शुभचिन्तकले समाजिक सञ्जाल मार्फत बधाइ र शुभकामना दिइरहेका छन । यहीबीचमा नेकपाकै नेताहरूले पनि योगेशलाइ शुभकामना दिइरहेका छन ।

तर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दिएको शुभकामना भने यहाँ चर्चाको विषय बनेको छ । रिमालले ट्वीटर र फेसबुकमा दिएको बधाइको शब्द यस्तो छ, अहिले ४ बजे सपथ ग्रहण गर्नुहुने पर्यटन मन्त्रीज्यूलाई अग्रिम शुभकामना १ रिमालको यो शुभकामनाको विषयलाइ लिएर कतिपयले आलोचना सुरू गरेका छन । कतिपयले व्यक्तिगत इगो बालेर नाम नलेखेको उल्लेख गरेका छन भने कतिपयले सकारात्मक रूपमा पनि लिएका छन ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १६:५३