१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सात तस्बीरमा हेर्नुहोस्, पहिलोपटक शुरु भएको प्रधानमन्त्री र मन्त्रीहरुबीचको कार्यसम्पादन सम्झौता


१५ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झाैता गरेका छन । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को लागि वार्षिक कार्ययोजना प्रस्तुति र कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ ।

आजको बैठकमा राजधानीमा उपलब्ध सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँग प्रतिबद्घता व्यक्त गर्दै कार्ययोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेका छन । यस्तै गरी मन्त्रीहरूले  सचिवहरुसँग पनि सम्झौता गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।सम्झौताको परिपाटी नेपालको इतिहासमै पहिलोपटक शुरु गरिएको पनि उनले बताए । डा अर्यालले यसबाट विकास निर्माणका कामको गति बढ्ने विश्वास लिइएको पनि बताए ।

यो पनि पढ्नुहोस्

-प्रधानमन्त्री ओलीको अपिलः “भ्रष्टाचार अन्त्य गर्न सुत्र नै बनाउँ तर मातहतका नजरमा नगिरौँ”

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १६:०३