७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रधानमन्त्री ओलीको अपिलः “भ्रष्टाचार अन्त्य गर्न सुत्र नै बनाउँ तर मातहतका नजरमा नगिरौँ”


१५ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई लाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान गर्नुभएको छ । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्ययोजना प्रष्तुती तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो“ भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।”

प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्धेश्य आत्मसाथ गर्न आग्रह गर्नुभएको छ । “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरी ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुदैन । समय खेर फाल्नु भएन ।”

प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तिव्रता लिने विस्वास व्यक्त गर्नुभएको छ । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिबहरु बीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विस्वास लिएको छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो । धानमन्त्री ओलीले सरकार भ्रष्टचारीहरुका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “भ्रष्टाचारीहरुलाई मुद्धा चलाइएको छ । कारबाही दृढताका साथ अघि बढाइएको छ । ”

कतिपय बेला संसदमा प्रतिपक्षीहरुले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार हामी दृढ छ । ” प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १५:३९