१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न


१४ साउन, काठमाडाैँ । हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन)गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्नभएको छ । मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन का आधारमा निर्धारण गरिएको शेयर स्वापअनुपात स्वीकृत गरेको छ । प्रतिवेदनअनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदानगर्ने गरी शेयर स्वापअनुपात स्वीकृत भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार १९:१२