११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना फागुन १० गतेदेखि बन्द हुने


६ फागुन, लमजुङ । ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि सात दिन बन्द हुने भएको छ । आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पुर्‍याउन थालेपछि मर्मत गर्न लागिएको हो ।

आयोजना यही फागुन १० गते राति १० बजेबाट सात दिनसम्म बन्द गर्न लागिएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य मस्र्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको हो । उहाँका अनुसार मर्मत कार्य चौबिसै घण्टा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार २३:१०