१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कांग्रेस नेता श्रेष्ठको आत्महत्या रहस्यमय, शरिरमा कुनै घाउचोट देखिएन (भिडियोसहित)


१३ साउन, काठमाडौँ । नेपाली कांग्रेस पर्वतका सचिव, लायन्स क्लबका पूर्व गभर्नर एवं बलुवाटार जग्गा प्रकरणका एक जना अभियुक्त युक्तप्रसाद श्रेष्ठको  आत्महत्याबारे अनेक प्रश्न उठेका छन । आइबार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजुको तिनकुने चोकमा रहेको हिमालय सिटी सेन्टरको आठौँ तलाको रेष्टुरेन्टबाट हामफालेर आत्महत्या गरिएको भनिएका श्रेष्ठको मृत्यु रहस्यमय भएको उनीहरूको आफन्तले बताएका छन ।

यता दैनिकीलाई प्राप्त श्रेष्ठको ढलेको फोटोको विश्लेषण हेर्दा पनि आठ तला माथिबाटै हाम फालेको जस्तो देखिदैन । हुनत श्रेष्ठका आफन्तले अस्पतालमा देखेको र पोष्टमार्टम रिपोर्टले बताए अनुसार उनको शरिरमा कुनै घाउचोट रहेको छैन । आठ तलाबाट मृत्यु हुने गरी खसेको मान्छेको शरीरमा कुनै घाउचोट र रगत नदेखिनु र मुखमा समेत कुनै र्याल र फिँज समेत नदेखिनुले यो आत्महत्या रहस्यमय देखिएको छ ।

स्रोतका अनुसार उक्त रेष्टुरेन्टको दुइ वटै सिसि क्यामेरा समेत बिगारिएको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान लिँदा निर्धक्कसँग माथिको आदेशमा काम गरेको बताउने श्रेष्ठको यो रहस्यमय मृत्युको बारेमा निष्पक्ष छानविन हुनु आवयश्कयक छ ।

टिभी अन्नपूर्णले श्रेष्ठको मृत्युपछि घटनास्थलमा पुगेर तयार पारेको रिपोर्ट जहाँ प्रत्यक्षदर्शी र अाफन्तसँगको कुराकानी समेत समावेश गरिएको छ । तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार १०:४१