८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विदेशमा छापिएर आयात गरिने पुस्तक लगायतका प्रिन्टिङ सामग्रिमा भन्सार बढाउन माग


१२ साउन, काठमाडाैँ । विदेशमा छापिएर मुलुक भित्र आयात गरिने पाठ्य पुस्तक लगायतका प्रिन्टिङ सामग्रिमा ४० प्रतिशत करको व्यवस्था गर्न सरकार समक्ष माग गरेका छन् । शनिवार काठमाडाैँमा आयोजित काठमाडाैँ मुद्रण संघको छटौं साधरण सभा बोल्दै विभिन्न बक्ताहरुले उक्त माग गरेका हुन् ।

काठमाडाैँ मुद्रण उद्योग संघको छैटौं बार्षिक साधरणको अवसरमा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय अध्यक्ष पुस्कल गौतमले स्वदेशी छापाखानाले कच्चा पर्दाथको आयात देखि यहाँ तयार गरिने सामग्रिमा समेत कर तिर्नु पर्ने व्यवस्था रहेको बताउँदै विदेशमा छापिएर मुलुक भित्र आयात गरिने पाठ्य पुस्तक लगायतका प्रिन्टिङ सामग्रिमा न्यून भन्सार शुल्क रहेकोले ठूलो लगानी र हजारौ जनशक्ति संलग्न मुद्रण उद्योग धरासायी बन्ने अवस्थामा पुगेको बताए ।

 

गौतमले भने—‘मुलुक भित्र आवश्यक पाठ्य सामग्रि सहितका गुणस्तरिय प्रिन्टिङ कार्य गर्न स्वदेशी मुद्रण व्यवसायीहरु सक्षम छौं तर विदेशमा छापिएर मुलुक भित्र आयात गरिने पाठ्य पुस्तक लगायतका प्रिन्टिङ सामग्रि आयातमा भन्सार छुट थियो । जसले गर्दा स्वदेशी मुद्रण व्यवसायि प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा थिएनौ । उनले अगाडी भने—व्यवसायीको पहलमा सरकारले यस्ता सामाग्रिको आयातमा अहिले १० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ । यो शुरुवात सकरात्मक छ तर यतिले मात्रै स्वदेशी उद्योग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

यसरी आयात गरिने सामग्रिमा कम्तिमा ४० प्रतिशत कर पुर्याउनु पर्छ । तवमात्रै स्वदेशी मुद्रण उद्योगले प्रतिस्पर्धा गर्न सक्छ ।
कार्यक्रममा बोल्दै महासंघका निर्वतमान अध्यक्ष माधव के.सी.ले स्वदेशी मुद्रण व्यवसायीले अब प्रतिस्पर्धामा जान मूल्यमा सम्झौता गर्ने बानि त्याग्नु पर्ने बताउँदै मुद्रण व्यवसायको दिगोपनाका लागि गुणस्तरियतामा ध्यान दिनु पर्ने बताए । शनिवार सम्पन्न काठमाडाैँ मुद्रण उद्योग संघको छैटौं बार्षिक साधरणले घननारायण श्रेष्ठको अध्यक्षतामा १४ सदसिय कार्यसमिती निर्विरोध चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रेमप्रसाद आचार्य, सचिवमा दुर्गा प्रसाद ढकाल, सहसचिवमा विष्णुप्रसाद पोखरेल, कोषाध्यक्षमा कुमोद खतिवडा, सह—कोषाध्यक्षमा श्यामसुन्दर गैहे्र पनि निर्विरोध चयन भएका छन् । भने संघको सदस्यमा लक्ष्मण सिल्वाल शर्मा, खिलनाथ लुइटेल, मानबहादुर के.सी., मनोजकुमार सिवाकोटी, गायत्री अधिकारी, योगेन्द्रकुमार राई, शंकरप्रसाद ढकाल र जनकबहादुर खड्का पनि निर्विरोध चयन भएका छन् । निर्वाचित कार्यसमितिको पदावदी २ वर्षको रहने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार १४:०५