७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रसुवामा पहिराेले टाटासुमाे पुरिदा तिब्बत क्षेत्रमा ट्रेकिङ सकेर फर्केका २ काे मृत्यु ७ घाइते


१२ साउन, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाँडामा पहिरोले टाटासुमो पुरिदा २ जनाको मृत्यु भएको छ। माडौंबाट रसुवा जाँदै गरेको ना १ ज ७८२४ नम्बरको टाटासुमो तातोपानी डाँडामा माथिबाट पहिरो खसेर ढुंगाले लाग्दा २ जनाको मृत्यु भएको हो। घटनामा ७ जना घाइते भएका छन् ।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

कैलाश ट्रेक कम्पनीबाट तिब्बत मानसरोबार क्षेत्रको पदयात्रा सकेर फर्कने क्रममा रसुवाकाे तातोपानीमा पहिरो खसेर गाडी परिएकाे हाे ।   सोलुखुम्बु लिखुपिके १ कोशीनासाको आङ दावा शेर्पा र सोलुदुधकुण्ड नगर पालिकाको वाङछु शेर्पाको मृत्यू भएको हाे । वाङछु शेर्पाको पुरानो ठेगना सोलु टाक्सिन्धु भन्ने रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सोलु भकान्जेको छोङबा शेर्पाको स्थिती गम्भीर रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार १२:३४