१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरिरका यि अंगमा कोठी छ भने तपाईँकाे पैसा टिक्दैन


११ साउन, काठमाडाैँ । सबै मानिसहरूको शरीरमा भएका कोठीले केहिन केहि अर्थ दिने गर्दछ ।   हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन ।

बायाँ गालामा कोठी– जुन व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

चोर औँलामा कोठी– त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हुन्छन् त्यस्ता व्यक्तिले आफ्नो जीवनको लामो समयसम्म पनि पैसाको अभाव झेलिरहनु पर्ने हुन्छ ।

ओठमुनि कोठी– जस व्यक्तिको ओठमुनि कोठी हुन्छ त्यस्ता व्यक्तिले पैसा कमाउनका लागी जति नै प्रयास गरेता पनि आर्थिक समस्याबाट छुटकारा पाउन भने गाह्रो नै हुन्छ ।

बायाँ हत्केलामा कोठी– त्यस्ता व्यक्ति जसको बायाँ हत्केलामा कोठी हुन्छ त्यस किसिमका व्यक्तिहरू अत्यधिक खर्चालु हुने गर्छन् । खर्चालु भएका कारण त्यस्ता व्यक्तिले पैसाको भने बचत गर्न सक्दैन् बायाँ हत्केलामा कोठी हुनु खर्च गर्ने चिन्ह हुनु हो ।

बायाँ खुट्टामा कोठी – कुनै व्यक्तिको बायाँ खुट्टामा कोठी छ भने त्यस्ता व्यक्तिले आफूले कति खर्च गर्नुपर्छ भन्ने कुरा ठम्याउन सक्दैनन् र खर्चको हिसाब राख्न नसकेका कारण प्राय अरू यस्ता व्यक्तिलाई ठग्ने गर्दछन् ।

बायाँ कोखामा कोठी– जस व्यक्तिको बायाँ कोखामा कोठी हुन्छन् त्यस्ता व्यक्ति बढी बिरामी भई उपचार गर्ने क्रममा बढी खर्च गरिरहनुपर्ने हुँदा यस्ता व्यक्तिसंग पैसाको अभाव हुने गर्दछ ।

बायाँ आइब्रोमाथि कोठी– यदि मानिसहरूको बायाँ आइब्रोको माथि कोठी भएमा त्यस्ता व्यक्तिले आफ्नो जीवनमा बढी आनन्द खोज्ने गर्दछन् । जसबाट लक्जरी लाइफका कारण त्यस्ता व्यक्तिलाई पैसा जोगाउन भने मुस्किल नै पर्ने गर्दछ ।

हत्केलामा कोठी– यदि कुनै मानिसको हत्केलामा कोठी भएमा त्यस्ता मानिसको जीवनमा पैसाको अभाव हुने विश्वास रहेको पाइन्छ र विवाहपछि पनि आर्थिक समस्यामा परिरहनु बाध्यता हुने गर्दछ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १९:२३