Logo

सरिता अर्यालको ‘मेरो अपहरण’ लोकार्पण



११ साउन, काठमाडाैँ । सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ शुक्रबार सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा भएको सो कार्यक्रमको सभापतित्व आयोजक संस्था गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठकले गर्नु भएको थियो । विमोचन कुलपति गंगा प्रसाद उप्रेती, प्राज्ञ माया ठकुरी, गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्रा बिधाका शिखरपुरुष तारानाथ शर्मा, प्रा.डा. निर्मोही ब्यास, वरिष्ठ नियात्राकार प्रतिक ढकाल , वरिष्ठ साहित्यकार हरिमाया भेटवाल, कर्णाली प्रदेश सभासद कुर्मराज शाही र लेखिका सरिता अर्याल द्धारा संयुक्त रुपमा गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्यमा प्रमुख अथिती गंगाप्रसाद उप्रेतीले मेरो अपहरण एउटा ऐतिहासिक कृती भएको उल्लेख गर्नु भयो । यस कृतीले विगतका द्धन्द, त्यसमा भएका प्रमुख घटनाहरु र कमजोरीहरु मेरो अपहरणले प्रष्ट देखाइदिएको बताउनु भयो ।

लेखकसँगै माओवादी अपहरणमा परेका सभासद कुर्मराज शाहीले स्वागत मन्तव्यमा कालीकोटको भौगोलिक अबस्था बारे प्रकाश पार्दै अपहरणको बेलाको आफ्नो मनस्थीती कस्तो भएको थियो प्रष्टाउनु भएको थियो । ढुंगाको जिल्लाको कृती आउनु जसको पात्र आफूपनि भएकोमा शाहीले भावविभोर हुदै लेखकलाई धन्यवाद पनि दिनु भएको थियो ।

नियात्रा बिधाका सुत्रधार तारानाथ शर्माले शुभकामना मन्तव्यमा नियात्रा भन्ने विधा कसरि जन्मीयो भन्ने जानकारी गराउनु भएको थियो । अर्का वक्ता नेपालका नियात्रा विधामा विद्यावारधी गर्ने एक मात्र व्यक्ति प्रा.डा. निर्मोही व्यासले मेरो अपहरण रिपोर्ताज शैलीमा लेखिएको अप्रतिम कृती हो भन्नु भयो ।

माओवादी र सरकार पक्षदुबैका कुरा सुनेर तथस्ठ भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृती हो भन्नेमा उहाको ठोकुवा नै थियो । मेरो अपहरण माथी टिप्पणी गर्दै वक्ता प्रतिक ढकालले पिडाले मान्छेलाई लेख्न बाध्य बनााउछ भन्दै, म मारिदै छु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसी हो मेरो अपहरण भन्नु भयो ।

पाँच दिनको अपहरण पेरिफेरीमा यो पुस्तक लेखिएकोछ जुन सिनेमा हेरे जस्तो लाग्दछ । डर भित्र पनि एक किसीमको सुन्दरता हुने रहेछ , उत्सुकता हुने रहेछ त्यसैको चर्चा गर्न सफल भएकी छन् लेखक भन्नु भयो टिप्पणीकार ढकालले । अर्की टिप्पणीकार हरिमाया भेटवालले घर बाट बाहिर निस्कन नसकिने समयमा परिवारबाट बाहिर निस्कीएर कर्णाली त्यो पनि राज्यपक्ष पुग्नै नसकेको ठाँउमा पुग्छु भनेर पाइला बढाउने लेखक बहादुर नारी हुन ।

आफू अपहरणमा परेता पनि अरु दुइजनासहयात्रीको नेतृत्व लिदै पाठकलाई संगसंगै घुमाउँन सफल भएकी छन् लेखिका । यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्धारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताकोतस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ भन्न पनि पछि पर्नु भएको छैन साहित्यकार हरिमाया भेटवाल ।

शुभकामना मन्तव्य दिदै अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्धन्दको समयमा नेपालीले भोगेका अनुभव र अनुभुती मेरो अपहरणमा छ । एउटा नियात्राकारमा पाठकलाई आफूसँगै लैजाने क्षमता हुनु पर्छ त्यो क्षमता सरितामा भएको जिकिर गर्नु भएको थियो । कार्यक्रममा रचना गर्भको बारेमा जानकारी दिदै सरिता अर्यालले आफू त्यो समय र आजको समयको साक्षी भएकोले किताब प्रकाशित गर्नु परेको बताएकी थीइन् ।

मेरो अपहरण नियात्रासंग्रह नै सम्पुर्ण कालिकोट बासीको नाममा समर्पण गदै हिजो कालिकोट बासीका बिचमा बाँडिएको अनगिन्ती सपना आज सम्म पनि बिपनामा परिणत हुन सकेको छैन । त्यहाका मानिसका अखण्ड दुख्खहरु खण्डित हुन पर्दथ्यो तर खै ? दुबै पक्षका कुरा सुनेकी लेखकसित युद्धका हिमायतीहरुलाई सोध्ने धेरै प्रश्न भएकोले ‘मेरो अपहरण’ लाई सार्वजनिक गर्नु परेको जानकारी गराउनु भएको थियो । कार्यक्रमको सन्चालन गीता रेग्मीले गर्नु भएको थियो । यो कृति बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । किताबको मुल्य ३५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १६:३७
प्रतिक्रिया दिनुहोस्