१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालले कुवेतलाई ७ विकेटले हरायो, ग्लाेबल छनाेटमा पुग्ने नेपालकाे सम्भावना बलियाे


११ साउन, काठमाडौँ । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा पारस खड्काले कप्तानी पारी खेले । उनले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाए । शरद भेषावकरले नटआउट ३८ रन जोडे ।

कुवेतका कप्तान मोहम्मद शासिफले बलिङतर्फ तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका मोहम्मद शासिफले ४९ रन जोडे ।

बसन्त रेग्मी र सन्दीप लामिछानेले नेपालका लागिसमान ३/३ विकेट लिए भने करण केसीको नाममा १ विकेट रहृयो । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार ११:०७