१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मेसीलाई खेल खेल्न प्रतिबन्ध साथै १५ सय डलर जरिवाना


९ साउन, काठमाडाैँ । फुटबल खेलाडी मेसीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुका साथै १५ सय अमेरिकी डलर जरिवाना हुने भएकाे छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले काेपा अमेरीका कपमा रेफ्रीले गरेकाे निर्णयकाे बिराेध गरेका थिए । दक्षिण अमेरिकी फुटबल महासंघले मेसीलाई उक्त कारबाही गर्ने निर्णय गरेको हो ।

कोपाको सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भएको थियो । त्यस खेलमा रेफ्रीले ब्राजिलको समर्थन गरेको भन्दै मेसीले आक्रोश पोखेका थिए । यस कारबाही सँगै मेस्सीले २०२० को मार्चमा अर्जेन्टिनाले खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार ११:४०