१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

केराको कुराले फसायाे नायक राहुललाई,  ट्वीटरमा यस्ताे सम्म हुँदै छ


९ साउन, काठमाडाैँ । बलिउड नायक राहुल बाेसले पाँचतारे हाेटलमा २ अाेटा केरा खाएसँगै केराकाे बिल देखेर अात्तिएका पनि थिए । उनले सामाजिक संञ्जाल ट्वीटरमा ति सबै कुराकाे भिडियाे बनाएर पाेस्ट गरेका थिए । उनकाे यस विषयकाे कुरा अझै ट्वीटरमा सेलाएकाे छैन । नायक राहुल अाफैँ ट्राेलकाे सिकार बनिरहेका छन् ।

राहुलको त्याे भिडियोमा अहिलेसम्म पनि कमेन्ट र रिट्वीटको सिलसिला जारी छ । केही प्रयोगकर्ता होटलमा प्रश्न सोधिरहेका छन् भने कतिले राहुलमाथि नै प्रश्न उठाइरहेका छन् । माहिधर नायडू नामका प्रयोगकर्ताले जेडब्ल्यू म्यारियोटले आफ्ना पाहुनासँग गलत जिएसटी चार्ज गरेकाे र आफ्ना ग्राहकलाई धोका दिएर  करोडौं कमाउनु दिउँसै लुटपाट गर्नु हो भनेर लेखेका छन् ।

डाक्टर रवि मेहताको नामबाट ट्वीट गरिएको छ, ‘तपाईं एउटा महँगो होटल चेनका सबैभन्दा विलासी कोठामा बसिरहनुभएको छ । तरपछि केराका लागि लिइएको मूल्यमा रोइरहनुभएको छ ? के एक रातको लागि २५ हजार भारु तिर्नु जायज हो ? जबकी यो देशका थुप्रै मानिसहरुको महिनाको तलबभन्दा दोब्बर मूल्य हो । उनीहरुले तपाईंबाट पैसा लिनुहुन्छ किनभने तपाईं पैसा दिनुहुन्छ ।’

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार १०:४९