१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

८ साउन, काठमाडाैँ । फिल्म ‘आमा’को मुख्य कलाकार सूर्यमाला खनाल फिल्मबाट बाहिरिएपछि  मिथिला शर्मा फिल्मकाे भूमिकामा आमा बन्ने भएकी हुन् । छायाँकनरत फिल्म ‘आमा’ अधिकांश छायांकन पानीमा गर्नु पर्ने निर्देशक खनाल बताउँछन् । पर्याप्त पानी नपरेपछि फिल्मको छायांकन रोकिएको छ । सूर्यमाला असोजमा अमेरिका जानुपर्ने छ । फिल्मको लागि लामो समय लाग्ने हुँदा उनले सहमतीमै फिल्म छाडेको जनाइएकाे छ ।

सर्मिला पाण्डेको लगानी रहेको फिल्म आमा मा मिथिलासँगै सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारको अभिनय रहने छ । यो फिल्म फागुन ९ गते देखि रिलिज हुनेछ । सर्मिला पाण्डे निर्मित फिल्म घर यतिबेला प्रदर्शन भैरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १६:१५