१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको शानदार जीत, मलेसिया ७ विकेटले पराजित 


८ साउन, काठमाडाैँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको शानदार जीत भएकाे छ भने मलेसिया ७ विकेटले पराजित भएकाे छ ।  कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालकाे जित भएकाे हाे ।

९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले आठ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । प्तान खड्काले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । यसक्रममा उनले ५ चौका र ३ छक्का हिर्काए । योसँगै मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।

त्यस्तै, प्रदीप सिंह ऐरीले १२ तथा विनोद भण्डारीले १३ रनको योगदान दिए । यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । मलेसियाका लागि सायेद अजिजले ३० रन तथा वीरन्दीप सिंहले २१ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले १–१ विकेट लिए । सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ । पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले अब तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ११:३१