१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भारतीय दूतावासमा यसरी भयो ‘महिला सशक्तीकरण’, नविनादेखि कोमलसम्म पुगिन् (फोटोफिचर)


६ साउन, काठमाडाैँ । भारतीय राजदूतावासले केही महिला सांसदलाई राजदूतको निवासमा बोलाएर भोज खुवाएको छ । केही साता अघि सम्पादहरूलाइ खुवाएकै शैलीमा भारतीय दूतावासले महिला सांसदहरूलाइ बोलाएर भोज खुवाएको हो । भारतीय दूवासको एजेण्डामा सशक्त रूपमा बोल्न सक्ने बनाउनका निम्ति गरेको भोजमा सहभागी महिला सांसदहरूको तस्बीर भारतीय राजदूत मन्जिवसिंह पुरीले ट्वीट मार्फत सार्वजनिक गरेका छन ।

नेपालमा शान्ति र स्थायीत्वले जरा गाड्न लागेको देखेर अात्तिएको भारतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जना अध्यक्षको दुरूपयोग गर्ने भरमग्दुर प्रयास गरिरहेकै समयमा महिलाहरूलाइ दूतावासमा बोलाएर भोज ख्वाइनु गलत हो । हुनत भारतीय दूतावासको भन्दा बढी त्यहाँ भोज खान जानेको हुने विश्लेषकहरू बताउँछन । भारतीय भोजमा नेकपाकी सांसद नविना लामा, कोमल वली र गंगा चाैधरी समेत सहभागी भएका छन ।

त्यस्तै भोजमा राजपाकी सांसद चन्दा चाैघरी, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे  लगायतमा पनि सहभागी भएका छन । राजदूत पूरीले भने नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा ज्यादै हर्षित भएको उल्लेख गरेका छन । यसअघि नै नेकपाकै सांसद निरूदेवी पालले भारदीय दूतावासको भोजमा सहभागी नहुने बताएकी थिइन ।

यो पनि पढ्नुहोस्

महिला तथा सामाजिक समितिकी सभापति निरूदेवी पाल भारतीय दूतावासको भोजमा सहभागी नहुने

-सम्पादकहरूपछि संसदीय समितिका सभापतिहरूलाई भारतीय दूतावासको रंगिन भोजको निम्तो

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार २२:५३