११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

अब विप्लवको नाम डायरीमा भेटे पनि २४ घण्टा थुनामा, पहिलो व्यक्ति बने काभ्रेका नकुल चाैलागाईं


६ साउन, काभ्रे । अब डायरीमा मान्छेको नाम लेख्दा पनि होस पुर्याउनु पर्ने भएको छ । काभ्रेका एक व्यक्ति नेताको नाम लेख्दा २४ घण्टा थुनिएका छन । नकुल चौलागाईंको डायरीमा नेत्रविक्रम चन्द विप्लव नाम देखेपछि २४ घन्टा नियन्त्रणमा । प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ ।

काभ्रे जिल्लाको कोसिपारीबाट काठमाडौं जाँदै गरेका नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे- काठमाडौं जनगणतान्त्रिक सम्पर्क मंचका पुर्ब सचिब नकुल चौलागाईंलाई प्रहरीले धुलिखेलमा आइतबार करिब ११ बजे चेक जाँच गरेको थियो । चेकजाँचकै क्रममा प्रहरीले फेला पारेको उनको डायरीमा “नेपाल कम्युनिष्ट पार्टी र महासचीव विप्लव”को नाम देखेपछी उनलाई गिरफ्तार गरेको थियो । प्रहरीको गिरफ्तारीमा परेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेलमा राखिएको थियो । करिब २४ घन्टा प्रहरी हिरासतमा राखिएका चौलागाईंलाई आबस्यक सोधपुछ रअनुसन्धान पछी प्रहरीले छोडेको थियो।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार २०:२७