१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कीर्तिपुर अब्रोड स्टडिज कन्सलटेन्सीले ठगेका १० विद्यार्थीको थाइल्याण्डबाट उद्धार


६ साउन, काठमाडाैँ । सरकारले कीर्तिपुर अब्रोड स्टडिज कन्सलटेन्सी पुतली सडकले ठगेका १० विद्यार्थीको थाइल्याण्डबाट उद्धार गरेको छ । अध्ययनका लागि थाइल्यान्डको बैंकक पुगी अलपत्र परेका १० जना नेपाली विद्यार्थीको उद्धार गरिएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले अलपत्र विद्यार्थीहरु काठमाडौं पुतलीसडकस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सलटेन्सीको रहेको जनाएको छ ।

ठगिएका विद्यार्थीहरू बैंककको इन्टरनेसनल होटल एन्ड एअरलाइन्स बिजनेश स्कुलमा फुड एन्ड वेभरेज अध्ययनका लागि पुगेका थिए । विद्यार्थीहरूले आफूहरुले सम्झौता अनुसार सेवासुविधा नपाएको भन्दै दूतावासमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो । दूतावासका अनुसार अलपत्र परेका १० मध्ये ३ जनालाई साउन १ गते र बाँकी ७ जनालाई साउन ३ गते उद्धार गरी नेपाल फर्काइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १८:३२