१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सन्नी र करीनाको छोराको अनुहार कसरी मिल्याे ? सनी लियोनीकाे यस्ताे छ जवाफ 


५ साउन, काठमाडाैँ । चर्चित दुई बलिउड अभिनेत्रीका छाेराहरूकाे अनुहार मिलेपछि हंगामा मच्चिएकाे छ ।  अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआकाे अनुहार मिलेपछि अहिले उनीहरूकाे विषयमा निकै चर्चामा भैरहेकाे छ ।

दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला चलेसँगै  सनी लियोनीले तैमूर निकै क्यूट भएकाे  र आफ्नाे छोरा (नोआ) पनि निकै सुन्दर रहेकाे बताएकी छिन्  ।  तस्विरमा नोआ हूबहू तैमूर अलीजस्तै देखिएका छन् । सनीले भने दुबै बच्चाको तारिफ गरिसकेकी छिन् । सनी लामो समयदेखि कुनै फिल्ममा देखिएकी छैनिन् । तर उनी केही वेब सीरीजमा देखिँदैछिन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १६:०१