८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तपाईकाे याे साता कस्ताे रहनेछ ? हेर्नुहाेस राशिफल


४ साउन, काठमाडौं ।  मेष  – यो सातामा नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेममा सफलतापनि पाईनेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष – यो सातामा कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावनाछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । टाढिएका मित्रसँग नजिकिने समय छ । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन – भाग्योदय हुने योगछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । आकस्मिक धन लाभ हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मालसामान हराउन सक्छ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुविधापनि उत्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह – यो साता शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महमदेवको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक – कार्य सम्पादनमा समस्या आउला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मध्य सातामा वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

धनु – आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ साथै केहि कठिनाइको सामनापनि गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मकर – भाग्यले विभिन्न अवसर जुराउनेछ । विशेष यात्राका अवसरहरू मिल्नेछन् । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग पहेंलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ – मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन – यो साता समय प्रतिकुल भई कुलतमा मन जानेछ । मुद्धा मामिलापनि लाग्न सक्छ । प्रेममा मनमुटावपनि रहला । साताको अन्त्यमा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथीको आगमन हुनेछ । यो साताका लागि शुभअङ्क ज्१,३ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १७:४७