११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेतृ दीक्षितकाे निधन


४ साउन, भारत ।  कांग्रेसकी पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेतृ ८१ वर्षीया शीला दीक्षितको निधन भएको छ । झण्डै एक हप्तादेखि बिरामी रहेकी दीक्षितलाई शनिबार बिहान एस्कार्ट्स फोर्टिस अस्पतालमा भर्ना गराइएको थियो ।  उनको उपचारकाे क्रममा निधन भएको अस्पतालका निर्देशक डाक्टर अशोक सेठले जनाएका छन् ।  दीक्षितको निधन दिल्लीवासीका लागि मात्र नभै भारतीय कांग्रेस पार्टी र गान्धी परिवारका लागि पनि ठूलो क्षति भएको जनाइएकाे छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १७:२७